मुख्यमन्त्री बानियाँको प्रतिबद्धता व्यवहारमा
सेवा-सुविधाको रकमले दलित महिलाको सपना पूरा

बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफ्नै व्यक्तिगत सेवा-सुविधाबाट संकलित रकम प्रयोग गरी मकवानपुरको मनहरी गाउँपालिका-९ की एकल दलित महिला मिठुमाया सुनारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।

राज्यबाट पाउने सेवासुविधाको रकम विपन्न नागरिकको जीवनस्तर सुधारमा खर्च गर्ने घोषणा गरेका मुख्यमन्त्री बानियाँले उक्त प्रतिबद्धताको पहिलो उदाहरणका रूपमा मिठुमायाको घर निर्माण गरिदिएका छन् ।

तीन कोठा र शौचालयसहितको घर निर्माणमा करिब ७ लाख रुपैयाँ खर्च भएकोमा ४ लाख ६५ हजार रुपैयाँ मुख्यमन्त्रीले व्यक्तिगत रूपमा व्यहोरेका हुन् । साथै, मिठुमायालाई आयआर्जनका लागि २० हजार रुपैयाँ नगद सहयोग समेत गरे ।

मुख्यमन्त्रीमा नियुक्ति हुँदैगर्दा बानियाँले आफूले पाउने सरकारी सुविधा नलिई विपन्न नागरिकको जीवनस्तर सुधारमा खर्च गर्ने घोषणा गरेका थिए । उनले मकवानपुरका अन्य दुई विपन्न परिवारका लागि पनि व्यक्तिगत खर्चमै घर निर्माण गराइरहेका छन् ।

कार्यक्रममा बागमती प्रदेशकि सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा ब्लोन, गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.