सहमहामन्त्रीबाट माथिल्लो छलाङको तयारीमा ‘डिना’
अब महामन्त्री कि उपसभापति ?

नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले १५औँ महाधिवेशनमा महामन्त्री वा उपसभापतिमध्ये एक पदमा उम्मेदवारी दिने बताएकी छन् ।

मकवानपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा ८ सय ३२ मतसहित निर्वाचित भएपछि डिनाले सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले अब त्यसभन्दा माथिल्लो पदमा उम्मेदवारी दिने बताइन्।

‘सबै नेता र नेतृत्वसँग छलफल भइरहेको छ। महामन्त्री वा उपसभापति पदमा मेरो उम्मेदवारी रहनेछ,’ उनले भनिन् ।

१४औँ महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्री निर्वाचित भएकी डिना पछिल्लो समय विशेष महाधिवेशन पक्षमा उभिएकी थिइन्। हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन् । लामो समय पदाधिकारीको भूमिकामा रहेकी डिनाले आफ्नो पदाधिकारीमा दाबी स्वाभाविक भएको बताउँदै आएकी छन् ।

यसैबीच कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा सुशान्तकुमार श्रेष्ठ र २ नम्बर क्षेत्रको सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्

यो पनि पढ्नुहोस्

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.