बाँकेमा आज २ सय ९३ कोरोना निको भएर अस्पतालवाट घर फर्किए, संक्रमणबाट थप ४ जनाको मृत्यु

बाँकेमा आज २ सय ९३ कोरोना निको भएर अस्पतालवाट घर फर्किएका छन् ।

निको हुनेहरुमा १ सय २३ जना महिला र १ सय ७० पुरुष रहेको फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । यसैबीच बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का ६० बर्षीय पुरुष, नेपालगन्ज ३ का ४१ बर्षिय पुरुष, बाँके डुडुवा गाउँपालिका वडा नं. ५ का २७ बर्षीय पुरुष र दाङ्ग घोराही उपमहानगपालिका वडा नं. १५ की ५० वर्षीया महिलाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *