जीप दुर्घटना हुँदा चालकको मृत्यु

दाङको घोराही–मुर्कुटी सडकखण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जीपमा सवार २ जना घाइते भएका छन् । बा १३ च ८०४८ नम्बरको स्कारपियो जीप घोराही उपमहानगरपालिका वडा नं. ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. १६ का चालक २८ वर्षीय विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *