राेनाल्डाेलाई काेराेना सङ्क्रमण पुष्टि

पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पोर्चुगिज फुटबल महासङ्घले रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको मङ्गलबार जानकारी दिएको हो । कोरोना रिपोर्ट पोजेटिभ आए पनि लक्षण नदेखिएको र अहिले अवस्था सामान्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

कोरोना पुष्टि भएपछि उनले स्विडेनसँगको खेल गुमाउने भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *