स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै एमालेले निकाल्यो विज्ञप्ति

नेकपा एमालेले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ ।

एमालेका स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै खतिवडाले कोरोनाविरुद्ध पहिलो खोप किनेर लगाएको दाबी झुटो रहेको र झुटो बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन नहुने भन्दै आपत्ति जनाएर तत्काल राजीनामा मागेका छन् ।

मन्त्री भएपछि खतिवडाले एउटा अन्तवार्तामा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीको सरकारका पालामा आफूले पहिलो खोप ५ हजार रुपियाँमा किनेर लगाएको बताएका थिए । स्वास्थ्यमन्त्री खतिवडाको यो भनाइ सरासर झुटो रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।