भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परि कम्तीमा सात जनाको ज्यान गयाे

भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परि कम्तीमा सात जनाको ज्यान गएको छ । भारतको आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्याे क्षेत्र डुबानमा पर्नुका साथै अत्यधिक बर्षाका कारण आएकाे बाढीमा कम्तिमा ७ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तेलंगानाको राजधानी हैदराबादमा गएको २० वर्षमा सबैभन्दा ठूलो पानी परेको अनुमान गरिएको खबरमा उल्लेख छ । त्यहाँ हिजो दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *