फ्रान्सकाे राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय

फ्रान्सको राजधानी पेरिससहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय गरिएको छ । एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय भएको बताउनुभयो । उहाँले शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ वटा मुख्य सहरमा राति कर्फ्यु लगाउने घोषणा गर्नुभएको हो । कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ ।

दिउँसो भने विद्यालय पनि खुल्नेछन् भने एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागू छ । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा १ लाख ३ हजार निको भएका छन् भने ३३ हजार ३७ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *