गठबन्धनको बैठक निष्कर्ष बिना टुंगियो, शुक्रबार पुनः बैठक बसिने

सदनमा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन सत्ता गठबन्धनले राखेको बैठक निष्कर्ष बिना टुंगिएको छ ।

शुक्रबार बिहान १० बजे पुनः गठबन्धनको बैठक बसिने छ ।

बैठकमा का‌ंग्रेसका नेताहरुले एमसीसीलाई अघि बढाउने विषयमा जोड दिएका थिए भने माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुटेसम्म एमसीसीलाई अघि बढाउन नहुने धारणा व्यक्त गरेका थिए । सहमत नजुटेपछि शुक्रबार फेरि सहमतिको कोसिस गर्ने भन्दै बैठक टुंगिाएको छ ।

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवा, कांग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठलगायत नेताहरुको सहभागिता रहेको थियो ।