राप्रपा अध्यक्ष थापालाई काेराेना सङ्क्रमण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । बिहीबार साँझ ट्वीट गर्दै अध्यक्ष थापाले काेराेना सङ्क्रमण पुष्टि भएकाे जानकारी दिनुभएकाे हाे ।

काेराेना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा बुधबार सामान्य टाउकाे दुखेकाे र काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ देखिएकाे र आफूसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहन उहाँले अनुराेध गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *