रुकुम पश्चिमका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिमका एकजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएका चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनलाई असोज २१ गते अस्पतालमा भर्ना गरिएको र २२ गते संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *