हेटौंडा/ नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन ४ बाट हेटौडेली सुमियन पाख्रीन बाहिरिएकी छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ की पाख्रिन एपिवान टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको नेपाल आईडल सिजन ४ को टप ६ बाट बाहिरिएकी हुन् ।
शोको सुरुवातदेखि दर्शक श्रोता तथा निर्णायकहरुको मन जित्दै टप ६ सम्म आईपुगेकी पाख्रीन बिहिबार भएको ईलिमिनेशनमा भोटको कमिले गर्दा बाहिरिनु परेको हो ।
नेपाल आइडलमा मकवानपुरको प्रतिनिधित्व गर्दै साँगितिक क्षेत्रमा सिङ्गो मकवानपुरको नाम अझ उचाईमा पुर्याईकी पाख्रीन भन्छिन् ‘नेपाल आइडलको टप ६ मा पुग्नु पनि मेरो लागि ठूलै उपलब्धि हो । शोबाट आउट भएपनि संगीतबाट कहिल्यै आउट हुन्न ।’