हेटौंडा/ मकवानपुरमा पछिल्लो समय कांग्रेस प्रवेश गर्नेहरुको लहर बढेको छ ।
नेपाली कांग्रेस हेटौंडा-८ को आयोजनामा एक हप्ता अगाडी फागुन २१ गते शनिबार एक दर्जन युवाहरु कांग्रेस प्रवेश गरेका थिए । तर, एकहप्ता नबित्दै पुन: फागुन २८ गते शनिबार कांग्रेस हेटौंडा-८ ले ७५ जना युवाहरुलाई कांग्रेसमा प्रवेश गराएका छन् ।
कांग्रेस मकवानपुरका नवनिर्वाचित कार्यसमितिलाई स्वागत,सम्मान एवम् कार्यकर्ता भेटघाट कार्यक्रम आयोजित गर्दै कांग्रेस हेटौंडा-८ ले करिब ७५ जना युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाद्वारा टिका र खादा लगाएर पार्टी प्रवेश तथा स्वागत गराएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले भने ‘कांग्रेस मकवानपुरमा प्रवेश गर्नेहरुको संख्यामा बृद्धि हुदै गएको छ ।यसले संगठनलाई सुदृढ बनाउन चुनौती थपिएको र त्यस चुनौतीको सामना गर्नु सम्पूर्ण नेता कार्यकर्ता रहनुपर्छ ।’
कांग्रेस हेटौंडा-८ का वडा सभापति भूपेन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, सचिव भिमसेन महत, सहसचिव इन्दिरा न्यौपाने, क्षेत्रीय सभापति राजेश बानियाँलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।