कांग्रेस महामन्त्री शर्मा चैत्र १२ मा हेटौंडा आउने

हेटौंडा/ नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री प्रखर वक्ता विश्वप्रकाश शर्मा हेटौंडा आउने भएका छन् ।

नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ (ख) को आयोजनामा यहि चैत्र १२ गते शनिबार हेटौंडामा हुने एकदिने प्रशिक्षण कार्यक्रममा महामन्त्री शर्मा आउने क्षेत्रीय सचिव गोर्कण सुवेदीले बताएका छन् ।

प्रशिक्षण कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ (ख) को सबै वडाका पदाधिकारी, वडाका प्रतिनिधि, क्रियाशील सदस्यहरुको सहभागितामा रहने सचिव सुवेदी बताउँछन् ।

करिब २ सय ५० जनाको सहभागिता रहने कार्यक्रममा महामन्त्री शर्मा र विरेन्द्र शाहले प्रशिक्षण दिनेछन् ।