हेटौंडा / स्थानीय राजनैतिक दलहरुले हेटौंडा–८ नम्बर वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै वडा अध्यक्ष बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् ।
नेपाली कांग्रेस हेटौंडा–८ का सभापति भुपेन्द्र कोइरालाका अनुसार वडा अध्यक्ष श्रेष्ठले सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि देखिएपछि बाध्य भएर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै आन्दोलित भएका हुन् । यसअघि नै पदीय मर्यादा कायम राखेर काम गर्न र पक्षपात नगर्न सुझाव दिएपनि अटेर गर्दै वडा अध्यक्ष श्रेष्ठ आँउदो स्थानिय चुनावलाई केन्द्रित भइ भोट संकलन र कमाउ अभियानमा लागेको हुनाले आन्दोलनमा उत्रिएको राजनैतिक दलहरुको भनाई छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादीसहितका पार्टीका नेता कार्याकर्ताहरुले वडा अध्यक्ष श्रेष्ठले आफ्नो व्यवहार नसुधारे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।