शर्मिलाको नेतृत्वमा मानव अधिकार संगठन मकवानपुर

नेपाल मानव अधिकार संगठन मकवानपुरको सभापतिमा सर्मिला श्रेष्ठ चयन भएकी छन् ।

शनिबार संगठनकी अध्यक्ष अधिवक्ता अप्सरा बस्नेतको सभाध्यक्षता तथा नेपाल मानव अधिकार संगठनको केन्द्रीय अध्यक्ष महामुनेश्वर आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न छैठौं वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संगठनमा राजबाबु पहाडी उपसभापति, सुवासचन्द्र अधिकारी सचिव, सुमित्रा थिङ कोषाध्यक्ष, मञ्जु खराल सहसचिव रहेकी छन् । कार्यसमिति सदस्यहरुमा भने अपेक्षा बस्नेत, श्रद्धा ढुङ्गाना, राजेश गरिब, बिमला नेपाली, इन्दिरा लुइटेल र तेजकुमारी थापा चयन भएकी छन् ।

कार्यक्रममा निर्वाचन समितिको संयोजक कृष्णप्रसाद दाहाल, सदस्यहरुमा बिजेन्द्र अग्रवाल र अधिवक्ता रमा चौँलागाई रहेकी थिइन् । निर्वाचित कार्यसमितिले कृष्ण प्रसाद दाहाल, बासुदेव श्रेष्ठ, विजय बैद्य र बिजेन्द्र अग्रवाललाई सल्लाकारमा मनोनित गरेको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहालको विशिष्ठ आतिथ्यता रहनुका साथै सल्लाहाकार विजयकुमार बैद्य, तुल्सी मेहर मेमोरियल माविका प्राचार्य रघुनाथ खराल, डेमोक्रेटिक लयर्स एसोसिएसन मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, एम्नेस्टी इन्टरनेशनल ६७ समुहका संयोजक हेमन्त ढुङ्गेल, नारी संरक्षण केन्द्रकी संयोजक दिपा गुरुङ्ग लगायत अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।