श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

हेटौंडा/ हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार मंगलबार साँझ जम्बोमा घरायसी विवादका क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट उनको श्रीमान ४३ बर्षीय मित्र लाल सुनारको ज्यान गएको हो ।

श्रीमतीको कुटाईबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। अनिता विकलाई भने मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ।घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।