विद्युत प्राधिकरणसँग सहकर्य गरेर प्रदेशलाई उज्यालो बनाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता


हेटौंडा/ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डले बागमती प्रदेश सरकार र नेपाल विद्युत प्राधिकरणवीच सहकार्य गरेर प्रदेशलाई उज्यालो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हेटौंडामा आयोजित ‘नेपालमा उर्जा क्षेत्रको अर्थ–राजनीतिक विश्लेषण’ सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारबाट जल उर्जा र अन्य वैकल्पिक उर्जाको उत्पादन र प्रयोगमा प्रदेश सरकारका प्राथमिकताहरु जानकारी गराए । उनका अनुसार आगामी आर्थिक वर्षमा प्रदेश सरकारले प्राधिकरणसँग सहकार्य गरेर शतप्रतिशत घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउने, विद्युत खपत बढाउन न्युन आय भएका परिवारलाई सहुलियत दरमा इन्डक्सन चुल्हो उपलब्ध गराउने र विद्युतीय सवारीलाई प्रबर्द्धन गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउने कार्य गर्नेछ ।

युएसएडको उर्जा नेपालको संयोजनमा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका खानेपानी, सिंचाई र उर्जा मन्त्री बसन्तप्रसाद मानन्धर, प्रदेश नीति तथा योजना आयोगका सदस्य राजु नेपाल, मन्त्रालयका सचिव मोहन शाक्य, अर्थशास्त्री विश्वम्भर प्याकुरेल, आर्थिक कुटनीति र नीजि क्षेत्रको विकासमा संलग्न नरेश श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण, प्रदेश डिभिजन कार्यालय हेटौंडाका प्रमूख दिपेन्द्र द्धिवेदी, नेपाल चेम्बर अफ कमर्स, मकवानपुरका सिद्धिदास श्रेष्ठ र माधव न्यौपानेलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।