कांग्रेस मकवानपुर: कोषाध्यक्षमा गौतम, संगठन विभागमा बानियाँ र युवा तथा खेलकुद विभागमा तिवारी मनोनित

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरले कोषाध्यक्ष मनोनितसहित विभिन्न समिति र विभागहरु गठन गरेको छ ।

आईतबार कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभापतित्वमा बसेको दोश्रो कार्यसमिति बैठकले कोषाध्यक्षमा होमनाथ गौतम, संगठन विभाग संयोजकमा शैलेन्द्रराज बानियाँ र युवा तथा खेलकुद विभाग संयोजकमा अर्जुन तिवारीलाई मनोनित गरेको छ । साथै, बैठकले पदाधिकारीसहित १३ सदस्यीय जिल्ला संसदीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा सभापति लामा, उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, सहसचिवद्वय इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई, कोषाध्यक्ष होमनाथ गौतम तथा जिल्ला सदस्यहरु प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, रामबाबु बानियाँ, गोपीलाल विश्वकर्मा र खेमबहादुर प्रजा रहेका छन् ।

बैठकले संसदीय समितिसँगै ८ पदाधिकारीसहित २८ सदस्यीय जिल्ला कार्यसम्पादन समितिसमेत गठन गरेको छ । जसको सदस्यहरुमा प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, गोपीलाल विश्वकर्मा, रामबाबु बानियाँ, अर्जुन तिवारी, मोमलाल दोङ, अर्जुनप्रसाद चौलागाई, ताराकुमारी राई कार्की रहेकि छन् । त्यस्तै सदस्यहरुमा कालु घलान, भुवनलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, ईन्द्रकुमार बर्तौला, डम्बरबहादुर विक, खेमबहादुर प्रजा, प्रमिला खतिवडा, राजकुमार गोले, सोममाया मोक्तान, कृति ग्यालन, गोपी बल लामा र नवराज लामा मनोनित भएका छन् ।