२४ जना स्वास्थ्यकर्मी कांग्रेसमा प्रवेश

हेटौंडा/स्वास्थ्य क्षेत्रमा आबद्ध २४ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस हेटौंडाका नगर समेत रहेका स्वास्थ्यकर्मी संघ मकवानपुरका उपाध्यक्ष तथा पार्टी प्रवेश कार्यक्रमका संयोजक सुधिर दाहालको विषेश भुमिकामा बुधबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुर र चिकित्सक संघ मकवानपुरसँगको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय मेडिकल अफिसर डा.विजय कुमार र वरिष्ठ रेडियोलोजिष्ट डा सुबास कुमार बनैतासहित २४ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

स्वास्थ्यकर्मी संघ मकवानपुरका अध्यक्ष भीमसागर गुरागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता र कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, उपसभापति आनन्द कठायत, युवा नेता प्रभात कुमार दाहाललगायतको उपस्थिति रहेको थियो ।