हेटौंडा/ नेपाली कांग्रेस हेटौंडा १७ नम्बर इकाई समितिको बैठकले वडा अध्यक्षको लागि उद्धव सत्यालको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
वडा उपसभापति प्रकाश पौडेलका अनुसार वडा अध्यक्षसँगै वडा सदस्यहरुमा समेत सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ । वडा सदस्यहरुमा खुल्लातर्फ नवराज न्यौपाने, अशोक घलान, महिला सदस्यमा रिता दहाल र दलित महिला सदस्यमा सावित्रि विश्वकर्माको नाम सर्वसम्मत सिफारिस भएको छ ।
वडा अध्यक्षको उम्मेदवारमा सिफारिस भएका सत्याल लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेका छन् । उनले कांग्रेस मकवानपुरको तत्कालिन हटिया गाविस इकाई सचिव तथा सभापतिको कुशल नेतृत्व समेत गरिसकेका छन् ।
किसान दुग्ध उत्पादन सहकारी संस्था हटियामा दोस्रो कार्यकालका लागी अध्यक्षमा निर्वाचित सत्याल सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व हुन् । उनले वन, खानेपानी, विद्यालय तथा दुग्ध सहकारी जस्ता संस्थाहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् ।