हेटौंडा/ हेटौंडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा दामोदर प्रसाद अटल चयन भएका छन् ।
शनिबार एसोसिएसनका अध्यक्ष सागर सापकोटाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न २१ औं साधारणसभा तथा १० औं अधिवेशनले अटलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
एसोसिएसनमा वरिष्ठ उपाध्यक्ष ऋषि कुमार ढकाल, उपाध्यक्ष धर्मराज धिमाल, महासचिव दीपेन्द्र कुमार उप्रेती, सचिव जितेन्द्र तिवारी र कोषाध्यक्ष गोपिराम बन्जारा रहेका छन् ।
एसोसिएसनको कार्यसमिति सदस्यहरुमा भने श्याम प्रसाद कँडेल, उत्तम शर्मा भण्डारी, सञ्जय गुप्ता, इन्द्र लामा, मुनाल न्यौपाने, डिल्लीराम रिजाल, राज अधिकारी र दिपेश खड्गी चयन भएका छन् ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र राजु अधिकारी, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रिय उपाध्यक्ष राजन बाबु श्रेष्ठ, केन्द्रिय महासचिव सुरेन्द्र कुमार उप्रेती, केन्द्रिय सदस्यत्रय प्रकाश कपुरी, गोपाल भट्टराई, अमृत जोशी, लुम्बिनी प्रदेश संयोजक गणेश भट्टराई, बागमती प्रदेश संयोजक सुदेश कुमार श्रेष्ठ, मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एसोसिएसन मकवानपुरका अध्यक्ष आनन्दराम पौडेल, चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, जानकी अटोमोबाल्स एसोसिएसनका उपाध्यक्ष केदार अग्रवाल, ग्रीण्डलेज साकोसका अध्यक्ष महेन्द्र इटेनीलगायतको आतिथ्यता रहेको थियो । साथै, एसोसिएसनले साधारणसभा तथा अधिवेशनमा पुराना अटो मेकानिक सुदर्शन ढकाल र पुराना अटोमोबाइल्स व्यवसायी केदार प्रसाद गुप्तालाई सम्मानपत्र तथा मकवानपुरका २ ट्राफिक प्रहरीहरुलाई नगदसहित सम्मान गरेको थियो ।
एसोसिएसनमा हाल ९५ जना सदस्यहरु आबद्ध छन् भने हेटौंडा-११, थानाभर्याङमा एसोसिएसनको आफ्नै भवन निर्माण भैरहेको निवर्तमान अध्यक्ष सापकोटाले बताए ।