कांग्रेसबाट हेटौंडा-२ मा घिमिरे बलियो दावेदार

हेटौंडा/ कांग्रेसबाट हेटौंडा-२ को वडा अध्यक्षमा दावी प्रस्तुत गरेका करिव १२ जनामध्ये रविन्द्र घिमिरे सबैभन्दा बलियो दावेदार देखिएका छन् ।

नेविसंघको राजनितीबाट उदाएका युवा नेता घिमिरे २०५१ सालदेखि निरन्तर कांग्रेसमा रहि सक्रिय राजनीति गर्दै आइरहेका छन् ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय घिमिरेलाई हेटौंडा-२ मा कांग्रेसबाट वडा अध्यक्षमा टिकट दिँदा जित्ने सम्भावना बढी रहेको कांग्रेस वृत्तमा चर्चा चलिरहेको छ । घिमिरेले कांग्रेस वृत्तमा मात्रै नभई गठबन्धन दलसहित एमालेको भोट पनि तान्न सक्ने नेताहरु बताउँछन् ।

मकवानपुर च्याम्बर अफ कमर्शका महासचिव, नेपाल तरुण दल मकवानपुरका पूर्व कोषाध्यक्ष, कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरका पूर्व उपाध्यक्ष, निर्माण व्यवसायी संघ मकवानपुरका सदस्य तथा लायन्स क्लबसहित दर्जनौं संघ संस्थामा आबद्ध रहेका घिमिरे कांग्रेसबाट अन्य आंकाक्षी भन्दा धेरै लोकप्रिय भएकोले उनले टिकट पाउँदा हरेक व्यवसायीदेखि सामाजिक क्षेत्रको पनि प्रतिनिधित्व हुने हेटौंडाका व्यापारीहरुको भनाइ छ ।

साझापत्रसँगै कुरा गर्दै घिमिरेले भने ‘मलाई पार्टीले टिकट दिने कुरामा म विश्वस्त छु ।, टिकट पाएपछि चुनाव पनि लोकप्रिय मत प्राप्त गर्दै जित्छु पनि ।, स्थानीय, प्रदेश र संघको निर्वाचनमा हेटौंडा-२ बाट कांग्रेसको पक्षमा अधिकांश मत झार्न मैले योजनाहरु पनि तयार पारेको छु ।’