उम्मेदवारकै अगाडि एमाले कार्यकर्ताद्वारा वृद्धलाई हसिया प्रहार प्रयास

हेटाैँडा/ हेटौडा-८ का एमाले उम्मेदवार गोपाल श्रेष्ठ, बोलबहादुर कार्कीले एमाले पार्टी कार्यालय अगाडि ७० वर्षीय मतदाता भवनाथ सापकोटालाई दुर्व्यवहार गरेका छ्न् ।

बिहीबार बिहान ८ बजे उम्मेदवारकै अगाडि एमाले कार्यकर्ता डम्बर घिमिरेले सापकाेटालाई अमाचकारी गाली गर्दै कुटपिटकाे प्रयास गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) मा लागेकाे, एमाले हराउन खाेजेकाे भन्दै बाटाेमा हिँडिरहेका सापकाेटालाई कार्यालय अगाडि कुटपिटकाे प्रयास भएकाे हाे । वडा सदस्यका उम्मेद्वार गाेपाल श्रेष्ठ, एमाले नेत्री गणेश प्रधानकै अगाडि ७० वर्षीय सापकाेटालाई दुर्व्यवहार गर्दै घिमिरेले हसिया प्रहार प्रयास भएकाे थियाे ।

घिमिरेलाई गाेपाल श्रेष्ठ, रमेश पाैडेलले राेकेका थिए । हेटाैँडा-८ मा एमाले नेता गाेपाल श्रेष्ठ र गणेश प्रधानकाे हर्कतका कारण अरु उम्मेदवार पनि पराजित मानसिकतामा पुगेर व्यक्ति आक्रमणमा उत्रिएकाे र माैन अवधिमा गाउँठाउँ शान्त राख्ने प्रयास गरिएकाे नेकपा (एकीकृत समाजवादी) का स्थानीय नेताले बताए ।