स्थानिय निर्वाचन अपडेटः मकवानपुरको २ वडामा माओवादी, एउटामा एमाले विजयी

हेटौंडा/ मकवानपुरमा ३ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्य २ वडामा माओबादी केन्द्र र १ वडामा एमालेले जित हासिल गरेको छ ।

नेकपा माओबादी केन्द्रकोे तर्फबाट हेरमान गोपालीले थाहा नगरपालिकाको वडा नम्बर १ र आशिष लामाले बकैया गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा विजयी भएका छन् । उनीहरुसहित माओवादीको प्यानल नै विजयी भएको हो ।

साथै मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा भने नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा काशीराम बज्यु विजयी भएका छन् ।