४६ वर्षका प्रजा मृगौला प्रत्यारोपण गर्न नातेदार तयार भएता पनि आर्थिक अभावका कारण प्रत्यारोपण गर्न नसकेको दुखेसो व्यक्त गरेका छन् । ‘मृगौला दिन्छु भनेर आफन्त आउनुभएको छ तर आफुसँग पैसा नभएकोले डाइलेसीस गरेर मृत्युसँग लडिरहेको छु’ उनले भने ।

मकवानपुरको विकट मानिने काकडा संघियता आएपछि राक्सिराङ गाउँपालिका बन्न पुग्यो । २०७४को  निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा न. ८ को अध्यक्ष निर्वाचित मात्र भएनन उनी गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी समेत पुरा गरे ।

जनता त्यस माथी चेपाङ समूदायको हक अधिकारको लागि लड्दै आएका उनी अहिले मृत्यु सँग लडिरहेका छन् ।

No description available.

२८-२९ वर्ष कांग्रेसमा लागेको, काकडामा कांग्रेस बढाउने काम गरेको त्यो दिन सम्झदैं म मरे भने राक्सिराङमा भोलीको दिनमा कांग्रेसको अवस्था कस्तो हुन्छ भन्नेमा चिन्ता लागेको उनी बताउछन् ।

पार्टीका केही नेताहरु भेट्न आएता पनि उपचारका लागि आश्वासन दिएता पनि प्रक्रियाको लागि सहयोग नगरेको प्रजाले दुख व्यक्त गरे । म बाँचेर राक्सिराङमा नेपाली कांग्रेस र सबै चेपाङहरुको सेवा गर्न चाहान्छु प्रजाले भने ।पार्टी सरकारमा भएता पनि उपचारका लागि जिल्ला तथा प्रदेश तहका नेताहरुले पहल नगरेकोमा खल्लो महशुस गरेको उनी बताउछन् ।

कांग्रेसका पुराना नेताहरुमा गनिने प्रजा हजारौं चेपाङहरुको ढुकढुकी हुन् । उनी बाच्दाँ हजारौं चेपाङहरु बाच्ने कांग्रेस जिल्ला सदस्य जयबहादुर तितुङले बताए । उनको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोगी दाताहरुले सहयोग गरिदिनु हुन सबैलाई तितुङले आग्रह गरेका छन् ।