साहारा ग्यासद्वारा ६ सय ३७ सिलिन्डर नष्ट

हेटौंडा/ साहारा ग्यास इण्डष्ट्रीज प्रालिले गुणस्तरमा कमी आएका ६ सय ३७ थान सिलिन्डर नष्ट गरेको छ ।

शुक्रबार हेटौंडा-३ स्थित उद्योगको परिसरम ‘गुणस्तरहीन तथा पुराना सिलिन्डर नष्ट गर्ने कार्यक्रम’ आयोजना गर्दै उद्योगले उक्त सिलिन्डर नष्ट गरेको छ ।

उपभोक्ताले प्रयोग गरेर गुणस्तर खस्किएका त्यस्ता सिलिन्डर सुरक्षित ढंगबाट नष्ट गरिएको उद्योगले जनाएको छ ।

उद्योगका प्रबन्धक खडग बहादुर थापा अनुसार प्रयोगमा रहेको सिलिन्डरहरुमा लिकेज, प्वाल परेको, फुटृङ्ग, नेकरिङ्ग, बिग्रेको र म्याद नाग्न लागिएको अवस्था भेटिएको आधारमा ती सिलिन्डर नष्ट गरिएको हो ।

विगतमा पनि त्यस्ता सिलिण्डरहरू नष्ट गरिँदै आइएको र उपभोक्ताको सुरक्षाका लागि आगामी दिनमा पनि सिलिन्डर परीक्षणलाई निरन्तरता दिँदै अयोग्य सिलिन्डर नष्ट गर्ने प्रबन्धक थापाले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका-३ का वडा अध्यक्ष ढलक बहादुर थापा, नेपाल ग्यास व्यवसायी महासंघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष बिनोदमान श्रेष्ठ, मकवानपुर ग्यास व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिस गोबिन्द जोशी, सचिव केशव मुडभरी, जिल्ला प्रशासन कार्यालाय, घरेलु तथा साना उद्योग संघ, नेपाल आयल निगम र नाप तौल विभागका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।