विद्यार्थीहरुको मागलाई बेवास्ता गरे आन्दोलनको आधिबेरी सृजना हुन्छ: संयोजक पराजुली

हेटौंडा/ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियू मकवानपुर बहुमुखी क्याम्पस कमिटीले क्याम्पसलाई मागपत्र पेश गरेको छ ।

शुक्रबार क्याम्पस कमिटी संयोजक विश्वास पराजुलीले क्याम्पसभित्र देखा परेका विकृति, विसंगति, विद्यार्थीले भोग्नु परेका समस्यालगायतका विषयहरुलाई समेटेर क्याम्पस प्रशासन समक्ष मागपत्र पेश गरेका हुन् ।

संयोजक पराजुलीले क्याम्पस प्रमुख डा.शंकर प्रसाद उपाध्यायलाई मागपत्र बुझाउँदै क्याम्पसभित्र देखिएको समस्या समाधानको लागि प्रक्रिया तत्काल कार्यन्वयन गर्न आग्रह गरेका छन् । उनले भने ‘हामी आशावादि छौ, हाम्रा यी न्यायोचित मागहरु पुरा गर्न क्याम्पस प्रशासन गम्भिरतापूर्वक लाग्ने छ । विगतका दिनहरुमा अनेरास्ववियूले अपनाएको धैर्यता र संयमतालाई कमजोरी नठान्न आग्रह समेत गरेका छौं ।’
संयोजक पराजुलीका अनुसार क्याम्पस प्रशासनले आफूहरुको माग पुरा गर्ने कुरामा क्याम्पस सकारात्मक रहेको बताए । यदि माग पुरा नभएको खण्डमा अनेरास्ववियूले क्याम्पस विरुद्ध कठोर आन्दोलन चाल्ने समेत उनको भनाई छ ।

अनेरास्ववियूले क्याम्पसलाई बुझाएको मागपत्र यस प्रकार छ :-