हेटौंडा/ मकवानपुरे सञ्चारकर्मी सिर्जना नेपालले हेल्दी होम टिफिन संचालनमा ल्याइएकी छन् ।
आइतबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामा र प्रवक्ता सविन न्यौपानेद्वारा संयुक्त रुपमा हेल्दी होम टिफिनको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै संचालक नेपालले भनिन् ‘हाम्रो आजकलको व्यस्त दैनिकी जिवनमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या देखापर्न थालेको कुरा आफूले स्वयम् अनुभव गरेकोले हामीले डाइटिसियनको सल्लाह बमोजिम स्वस्थ र स्वादिष्ट दुबैलाई समेटि यो हेल्दी होम टिफिन संचालनमा ल्याएका छौं ।’ उनका अनुसार ७ दिन सात प्रकारका शाकाहारी र मांशाहारी खाना बनाएर होम डेलिभरी गरिनुका साथै अर्डर अनुसार सभा, सम्मेलन र गोष्ठीमासमेत पुर्याइने व्यवस्था रहेको छ ।
हालको लागि मांशाहारी खाना/खाजा सेटको मूल्य १ सय ५० रुपैयाँ र शाकाहारीलाई १ सय रुपैयाँ तय गरिएको हेल्दी होम टिफिनका अर्का संचालक श्याम प्रसाद नेपालले बताए ।