हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकाले तेस्रो र चौंथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको छ ।
बिहीवार कैलाश वडा नम्वर ९ को कार्यालय नामटार र वडा नम्वर १० को कार्यालय भाल्टारबाट सामुहिक रुपमा भत्ता वितरण गरिएको हो ।
कैलाशको ९ वटै वडा कार्यालयबाट साउन २६ गतेसम्ममा १ हजार ८ सय आठजनालाई १ करोड ८८ लाख ८७ हजार ३ सय पचास रुपैयाँ वितरण गरिने गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले जानकारी दिए ।
कैलाशका ज्येष्ठ नागरिक १ हजार २ सय ६ जना, ज्येष्ठ नागरिक (दलित) ३२ जना, ज्येष्ठ नागरिक एकल महिला १ सय ८२ जना, विधवा २ सय ३५ जना, पूर्ण अपाङ्गता ४६ जना, अति अशक्त अपाङ्गता ५७ जना र दलित बालबालिका ५० जना सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमबाट लाभान्वित हुने अध्यक्ष मुक्तानले बताए ।
भत्ता वितरण कार्यक्रमबाट लिन छुटेका लाभग्राहीले साउन २९ गतेदेखि सानिमा बैंकको कैलाश शाखा कालिकाटारबाट भत्ता लिन सकिने गाउँपालिकाले जनाएको छ ।