अडान बागमती प्रदेशको सल्लाहकारमा मकवानपुरकी इटेनी र खराल मनोनित


हेटौंडा/ नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको सल्लाहकारमा मकवानपुरका कल्पना इटेनी र रघुनाथ खराल मनोनीत भएका छन् ।

शनिबार भर्चुअल माध्यमबाट बसेको छैठौं अधिवेशनपछिको दोस्रो बैठकले ६ प्रदेश सदस्य र ५ सल्लाहकार चयन गरेको छ ।

प्रदेश सदस्यतर्फ उदयचन्द्र श्रेष्ठ (दोलखा), बद्री नारायण श्रेष्ठ (सिन्धुली), विष्णुप्रसाद नेपाल (नुवाकोट), गणेशप्रसाद रेग्मी (रसुवा), दण्डमणी अधिकारी (काभ्रेपलान्चोक) र नानीकाजी थापा (सिन्धुपाल्चोक) मनिनित भएका छन् । त्यसैगरी सल्लाहकारतर्फ मकवानपुरका इटेनी र खरालसहित केशवप्रसाद पौडेल (चितवन), तिलक आचार्य (चितवन), कृष्णकुमार श्रेष्ठ (सिन्धुपाल्चोक) लाई मनोनित गरिएको छ ।

अडान बागमती प्रदेश अध्यक्ष रामकुमार बर्तौलाको सभाध्यक्षतामा बसेको बैठकमा केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यता, निवर्तमान केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीको विशिष्ट आतिथ्यता तथा केन्द्र, प्रदेश र अन्य जिल्लाका प्रतिनिधिहरुको समेत उपस्तिथि रहेको थियो ।