अनेरास्ववियू हेटौंडाले गर्‍यो एसईई उत्कृष्ट विद्यार्थीहरुको सम्मान


नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू हेटौंडाले एसईईमा उतिर्ण विद्यार्थीहरुको लागि सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेका छन् ।

सोमबार अनेरास्ववियू हेटौंडा उपमहानगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा २०७८ को एसईई परिक्षामा उत्कृष्ट नतिजा हासिल गरेका नगर भरीका विद्यार्थीहरुलाई नगर प्रमुख तथा प्रमुख अतिथि मिना कुमारी लामाले हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको लागि शुभकामना समेत दिएकी थिइन् ।

कार्यक्रममा जिल्लामै सर्वोउत्कृष्ट नतीजा हासिल गरेका विद्यार्थी प्रिन्स बर्तौला (जिपिए-३.९५) र जिल्ला भरीको सामुदायिक विद्यालयका विद्यार्थीहरु मध्य उत्कृष्ट नतिजा हासिल गर्नु भएका ऋषि यादव (जिपिए-३.९) लाई पनि सम्मान गरिएको  ।