हेमोफियाका बिरामीहरुको लागि स्वास्थ्य मन्त्रालयद्वारा एन्टी होमिफिलिक फ्याक्टर हस्तान्तरण

हेटौंडा/ हेमोफिलियाका बिरामीहरुका लागि स्वास्थ्य मन्त्रालयले एन्टी हेमोफिलिक फ्याक्टर हस्तान्तरण गरेको छ ।

आइतबार बागमती प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई हेमोफिलियक फ्याक्टर हस्तान्तरण गरेका हुन् ।


कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री लामाले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधी होमोफिलियाका बिरामीका लागि सर्वसुलभ रुपमा उपलब्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्री लामाका अनुसार मन्त्रालयले औषधी तथा उपकरण खरिदका लागि बजेट विनियोजन गरिसकेकोले खरिद प्रकृया अघि बढिसकेको छ ।

कार्यक्रममा हेमोफिलिया सोसाइटीलाई १ हजार १ सय ३० भाइल औषधी उपलबध गराएको र औषधिको मूल्य करिब १ करोड रुपैयाँ रहेको आपूर्ति केन्द्रले जानकारी गराएको छ ।

देशभर हेमोफिलियाका ७ सय ८० र बागमती प्रदेशमा २० महिलासहित २ सय ५० जना विरामी रहेको जनाईएको छ । औषधी अभावमा गत बर्ष ४ जनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य आपूर्ति केन्द्रका बरिष्ठ जनस्वास्थ्य निर्देशक शम्भु काफ्ले, सोसाइटीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Pop Up WordPress Plugin