सन्देश तुम्सिङको नेतृत्वमा नेपाल मगर संघ मकवानपुर

हेटौंडा/ नेपाल मगर संघ मकवानपुरको अध्यक्षमा सन्देश तुम्सिङ मगर निर्विरोध चयन भएका छन् । संघको दुई दिने १३ औं जिल्ला अधिवेशनबाट सन्देश तुम्सिङमगरको अध्यक्षतामा १६ सदस्यीय कमिटि चयन भएको हो ।

त्यसैगरी उपाध्यक्षमा उर्मिला राना मगर, सचिवमा महेन्द्र राना मगर, सहसचिवमा भूपेद्र राना र कोषाध्यक्षमा डेमिज थापा मगर मगर चयन भएको हो । संघको विधान अनुसार २५ सदस्यीय समिति हुनेछन् ।
बाँकी सदस्यहरु मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष तुम्सिङले बताएका छन् ।

शनिबार राति सम्म सहमति हुन नसकेपछी उपाध्यक्ष, सचिव र सहसचिव पदको निर्वाचन गरिएको थियो । मतदाता संख्या ४५ रहेता पनि निर्वाचनमा ३३ मत खसेको थियो । उपाध्यक्षमा उर्मिला रानाको २१ भोट प्राप्त गरि विजयी भएकी थिइन् प्रतिद्वन्द्वीहरु होमबहादुर थापाले ४  र आशिष अस्लामी मगरले ८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिव पदको उमेदवारमा महेन्द्र रानामगरले १३ भोट प्राप्त गरि विजयी भए भने प्रतिद्वन्द्वी सन्तोष रानामगरले १२  र  अशोक ग्यालनमगरले ५ मत प्राप्त गरेका थिए । त्यसै गरि सह सचिवमा भुपेन्द्र रानामगरले १९ मत प्राप्त गरेको थियो भने प्रतिद्वन्द्वी मनोज पुलामीमगरले ११ मत प्राप्त गरेका थिए ।

Pop Up WordPress Plugin