लियो जिल्ला परिषद् ३२५ एस नेपालको भेला आज हेटौंडामा हुँदै

हेटौंडा/ लियो जिल्ला परिषद् ३२५ एस नेपालको प्रथम पदस्थापना तथा काउन्सिल मिटिङ हेटौंडामा हुँदै छ ।

शनिबार हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा १०:३० बजेबाट कार्यक्रम सुरु हुने लियो जिल्ला परिषद् ३२५ एस का अध्यक्ष राजुल जालानले बताएका छन् ।

कार्यक्रममा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीको प्रमुख आतिथ्यता रहनेछ ।

कार्यक्रममा काठमाडौं, विरगंज, हेटौंडा, पर्सा, जितपुरलगायत अन्य जिल्लाहरुबाट अनदाजी १ सय ५० जना लियोहरु सहभागीता रहने अध्यक्ष जालानले जानकारी गराए ।