ज्ञानोदयमा डेंगु रोग नियन्त्रण अभियान

हेटौंडा | ज्ञानाेदय बाल बाटिका ऐकेडेमिमा डेंगु रोग नियन्त्रण गर्ने अभियानको सुरुवात भएको छ ।

सोमबार विद्यालयको आयाेजना र हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयकाे सहकार्यमा बिद्यालय स्तरबाटै डेंगु राेग नियन्त्रण गर्ने अभियानको थालनि भएकाे हो ।

ज्ञानोदय बालबाटिका विद्यालयका संस्थापक तथा प्राचार्य बिन्दुगोपाल गोर्खालीको सभापतित्व तथा हेटौंडा- २ का वडा प्रतिनिधि इन्द्र रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बनस्खण्डि शहरी स्वास्थ्य केन्द्रका नर्सिङ स्टाफ सुनिता थापा, महिला स्वयंसेविका सिर्जना पण्डितलगायतको उपस्तिथि रहेको कार्यक्रम संचालक सुदीप बर्तौलाले बताए ।

कार्यक्रममा बनस्खण्डि शहरी स्वास्थ्य केन्द्रका नर्सिङ थापाले बिद्यार्थीहरुलाई डेंगु कसरि सर्छ, बच्ने उपाय, कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएकि छन् ।

कार्यक्रममा कक्षा ३ देखि १० सम्मका बिद्यार्थीहरु र शिक्षक शिक्षीकाहरुकाे बाक्लो उपस्थिति रहेकाे कार्यक्रम संचालक बर्तौला बताउँछन् ।

Pop Up WordPress Plugin