जीएस निकेतनमा लियोको डेंगु सम्बन्धि सचेतना कार्यक्रम

हेटौंडा | ज्ञानदीप शिक्षा निकेतन (जीएस) मा डेंगु रोग नियन्त्रण सम्बन्धि एकदिने विद्यालयस्तरीय सचेतना कार्यक्रम  सम्पन्न भएको छ ।

लियो क्लब अफ हेटौंडा मुक्तिनाथ, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजन, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ वरियर, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ प्यारेडाइज, लियो क्लब अफ हेटौंडा सुर्योदय, लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिक, लियो क्लब अफ हेटौंडा पाथिभरा, लियो क्लब अफ हेटौंडा ग्रीन सिटी र लियो क्लब अफ मकवानपुर डाइमण्डको संयुक्त आयोजनामा मंगलबार बिहान ७ बजे  बिद्यालयको प्रांगणमा विद्यार्थीहरुसँग क्लबहरुले डेंगु रोग नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा लियो मुक्तिनाथ वरियरका अध्यक्ष महेश खनालले बिद्यार्थीहरुलाई डेंगु कसरि सर्छ, बच्ने उपाय, कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका छन् ।

लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनका अध्यक्ष अशोक कुमार सिंहको सभाध्यक्षता तथा जीएस निकेतन माविका प्राचार्य इश्वर प्रसाद लामिछानेको प्रमुख आतिथ्यता र लियो जिल्ला परिषद् ३२५ एस नेपालका अध्यक्ष राहुल जालानको विशिष्ट आतिथ्यतामा भएको सचेतना कार्यक्रममा लियो सुर्योदयका अध्यक्ष निकित पोखरेल, लियो पाथिभराकी अध्यक्ष बिना चौलागाईं लियो ग्रीन सिटीका अध्यक्ष स्पन्दन लामिछाने, लियो मुक्तिनाथ प्यारेडाइजका अध्यक्ष शिशिर रोकाया क्षेत्री, सुर्योदय क्लासिकका अध्यक्ष प्रबेश धिताल ‘कुन्दन’ लगायत विद्यालयका शिक्षक कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा कक्षा ८ देखि १० सम्मका बिद्यार्थीहरु र शिक्षक शिक्षीकाहरुकाे बाक्लो उपस्थिति रहेकाे कार्यक्रम संचालक तथा लियो मुक्तिनाथ प्यारेडाइजका सचिव किरण केसी बताउँछन् ।

Pop Up WordPress Plugin