मनहरीमा दीर्घकालिन योजना बिना बजेट खर्च नगरिने: अध्यक्ष कालाखेती

मकवानपुर / स्थानिय सरकारको नयाँ कार्यकालमा मनहरी गाउँपालिकाद्वारा एकसय दिनसम्म गरेको कार्यहरुको विवरण सार्वजनिक गरिएको छ ।

बुधबार गाउँपालिकाको कार्यालय रजैयामा आयोजित पत्रकार सम्मेलन मार्फत अध्यक्ष रञ्जन कालाखेतीले एक सय दिनमा गाउँपालिकाले गरेका कार्यविवरण सार्वजानिक गरेका छन् । मंगलबारको लागि तोकिएको पत्रकार सम्मेलन उपाध्यक्ष सीता पुलामी मगरको कार्यव्यस्तताले गर्दा १ दिन पछि सारिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा गाउँपालिकाले आफ्नो लगानी बढाउँदै लैजाने बताए । उनका अनुसार यो भन्दा अगाडीको एकराज उप्रेती नेतृत्वको एमाले सरकारले भौतिक पूर्वाधार क्षेत्रमा दीर्घकालिन योजना बिना बजेट खर्च गर्दा बेरुजु दर बढ्दै गएपछि गाउँपालिकाले आफ्नो पाँचवर्षे कार्यकालमा योजनाबद्धरुपमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा लगानी बढाउने भएको छ ।

त्यसैगरी अध्यक्ष कालाखेतीले आगामी दिनहरुको कार्यविवरण वार्षिक रुपमा यसैगरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताए ।

मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर श्रेष्ठले दिनुभएको एकसय दिनको कार्य विवरणहरु उल्लेख गरिएको पत्र :-