एकीकृत समाजवादी निकट खेलकुद महासंघले खुल्ला पेनाल्टी सुट-आउट फुटबल गेम गर्दै

मकवानपुर । हेटौंडामा प्रथम नेकोस खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादीले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय सदस्य निरज सिंह ठकुरीले हेटौंडामा पहिलो पटक हुन लागेको पेनाल्टी सुट–आउट फुटबल प्रतियोगितामा मकवानपुर र जिल्ला बाहिरको गरि २५ टिमको सहभागीता रहने बताए ।

एक समुहमा ६ जना रहने खेलको विजेताले ३३ हजार ३ सय ३३ रुपैँया दोस्रो हुनेले २२ हजार २ सय २२ रुपैँया नगद पुरस्कार पाउने ठकुरीले बताए । खेल आयोजना गर्न करिब १ लाख खर्च अनुमान गरेको आयोजकले टिम दर्ता शुल्क भने ३ हजार ३ सय ३३ रुपैँया तोकेको छ ।

महासंघले पहिलो पटक आयोजना गर्न लागेको पेनाल्टी सुट–आउट खेल हरेक वर्षको घटस्थापनामासमेत सञ्चालन गरिने उनले बताए । खेल दर्ता फारम भने जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यालय र ग्लोबल स्पोट्स हाउस हेटौंडा–४ मा उपलब्ध हुने आयोजकले जनाएको छ ।

Pop Up WordPress Plugin