मकवानपुर | हेटौंडा-४ स्थित स्कूलरोड निवासी १४ वर्षीय बालक प्रनिशमान सांगामीले दुर्गा माताको मुर्ति बनाएका छन् ।
विजया दशमीको अवसरमा प्रनिशले दुर्गा माताको मुर्ति बनाएका हुन् । उनी जीएस निकेतनको कक्षा-९ मा अध्ययन गर्छन् ।
प्रनिशका पिता कविनमान सांगामीका अनुसार उनको छोरोको बच्चैदेखि कला क्षेत्रमा रुची राख्दै आएको बताए । उनले भने ‘ बाबु बच्चैदेखि कला क्षेत्रमा अगाडि सर्छ । जस्तै गित गाउने, मादल, तबला र हारमोनियम बजाउने, स्कूलको हरेक क्रियाकलापमा पनि भाग लिन निकै रुचाउँछ बाबुले ।, मुर्तिपनि उसले घरको छतमा बनाएर राखेको रहेछ । मैले कराउँछ भन्ने डरले छ्तमा लुकिलुकि बनाएको रहेछ । बनाइसकेपछि उसको ममले मलाई भनिन् । बनाएपछि हेर्दा निकै खुसी लाग्यो आफ्नो छोरोको प्रतिभा देख्दा ।’
प्रनिशले दुर्गा माताको मुर्ति १५ दिन लगाएर बनाएको हो । मुर्ति बनाउन माटो, भुस, कार्टुन र पराललगायतको प्रयोग गरेको प्रनिश बताउँछन् ।
प्रनिशले बनाएको मुर्ति स्कूलरोडको रिजाल कम्प्लेक्समा रहेको नवरात्रीको पुजा गरिने स्टलमा राखिएको छ ।