कृयाशिल सदस्य जिम्बाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

मकवानपुर I नेपाली कांग्रेसका कृयाशिल सदस्य रामशरण जिम्बाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

मनहरी गाउँपालिका १ चकरी निवासी जिम्बाको ३२ वर्षको उमेरमा आइतबार निधन भएको थियो ।

सोमबार नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य चम्फुरत्न लामाले जिम्बाको पार्थिव शरिरमा कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेका थिए ।

जिम्बाको निधनप्रति दुख ब्यक्त गर्दै प्रदेश सदस्य लामाले उनी कर्तव्यनिस्ठ, इमान्दार र बफादार सिपाहिको रुपमा पार्टिको हितमा काम गर्ने व्यक्ती रहेको बताए ।

जिम्बाको निधनले व्यक्तिगत रुपमा आफु सहित सिंगो पार्टी नै स्तब्ध भएको लामा बताउँछन् ।