उप्रेतीको नेतृत्वमा हेटौंडा भेट्रान्स क्लब

हेटौंडा भेट्रान्स क्लबको अध्यक्षमा रमेश उप्रेती चयन भएका छन् ।

शनिबार हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दिपक बज्राचार्यको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाको प्रमुख आतिथ्यता सम्पन्न क्लबको आठौं वार्षिक साधारणसभाबाट उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा नवराज बज्राचार्य, द्वितीय उपाध्यक्षमा ज्ञानबहादुर क्षेत्री चौलागाईं, सचिवमा कविन सांगामी, कोषाध्यक्षमा सरोज राजथला, सहसचिवमा अतुल वर्मा चयन भएका छन् ।

त्यसैगरी साधारणसभाले कार्यसमितिको सदस्यहरुमा अनुप लामा, प्रशान्त पाख्रीन, राजकुमार श्रेष्ठ (क), अजय मानन्धर, मणिराज गौतम, राजकुमार श्रेष्ठ (ख) र सञ्जय थापालाई चयन गरिएको छ ।