कैलाशका अध्यक्ष मुक्तान गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा चयन

मकवानपुर । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्यसमिति सदस्यमा चयन भएका छन् ।

मंगलबार काठमाण्डौमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको नेतृत्वमा गठित ३६ सदस्यीय कार्यसमितिमा मकवानपुरका मुक्तान पनि सदस्यमा चयन भएका हुन् ।

निर्विरोध निर्वाचित भएपछि कैलाश अध्यक्ष मुक्तानले गाउँपालिकाको समस्यालाई केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गर्न सकृयरुपमा भुमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।

राष्ट्रिय महाधिवेशनबाट महासंघको उपाध्यक्षमा लक्ष्मणबहादुर शाही (हिमा गाउँपालिका), महासचिवमा खिमबहादुर थापा (कालीगण्डकी गाउँपालिका), सचिवमा पार्वती सुनुवार (फिक्कल गाउँपालिका) र कोषाध्यक्षमा उमेश भट्ट (अजयमेरु गाउँपालिका) निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा कैलाश गाउँपालिकाका मुक्तानसहित इन्द्रबहादुर कार्की (गन्यापधुरा गाउँपालिका), गोविन्दप्रसाद थपलिया (शिवपुरी गाउँपालिका), सितामाया गुरुङ,(नेत्रावती डबजोङ गाउँपालिका), रिता देवकोटा (सिरानचोक गाउँपालिका), जयनारायण साह (झापा गाउँपालिका), वविकुमार राई (मिक्लाजुङ गाउँपालिका), भवानी न्यौपाने (तिनाउ गाउँपालिका), हरिश्चन्द्र राना (बेल्डाडी गाउँपालिका), तेजबहादुर थापा (काँठेखोला गाउँपालिका), मञ्जु मल्ल (खजुरा गाउँपालिका) दिनेशकुमार चौधरी (पर्टेवा सुगौली गाउँपालिका), प्रमोद पोखेल (झिमरुक गाउँपालिका), दीलकुमारी लावती (चुलाचुली गाउँपालिका), सुमन मिरिचिन (केराबारी गाउँपालिका), उग्रनारायण यादव (भगवानपुर गाउँपालिका), रामकुमार आचार्य (थाक्रे गाउँपालिका), सरस्वती चिदी (बगनाशकाली गाउँपालिका), सनशिलता ओली (कालीमाटी गाउँपालिका), दुर्गादत्त ओझा (जोरायल गाउँपालिका), विद्यानन्द चौधरी (छिन्नमस्ता गाउँपालिका), निशान्त शर्मा (चिसंखुगढी गाउँपालिका), शम्भुकुमार सिंह (दुर्गाभगवती गाउँपालिका), दिपा बोहोरा दाहाल (सुनकोशी गाउँपालिका), लोकप्रसाद बञ्जरा (भिमसेन थापा गाउँपालिका), भूपाल पोखरेल (धुर्कोट गाउँपालिका), पूर्ण धिताल (सिञ्जा गाउँपालिका), सञ्जु प्याकुरेल श्रेष्ठ (तादी गाउँपालिका), दुर्गाबहादुर पुन (कपुरकोट गाउँपालिका), दीपनारायण मण्डल (एकडरा गाउँपालिका) र अशोककुमार जयसवाल (बारागढी गाउँपालिका) चयन भएका छन् ।