हेटौंडा आएर साम्राज्ञीले भनिन्: कमेडी बेस फिल्ममा काम गर्ने अवसर पाएँ, चलचित्र राम्रो बनेको छ

हेटौंडा | चलचित्र  ‘ह्यारी कि प्यारी’को प्रचारप्रसार गर्दै हेटौंडामा आएर नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले कमेडी बेस फिल्ममा आफ्नो अनुभव पहिलो रहेको बताइन् ।

सोमबार चलचित्र पत्रकार संघ नेपाल मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायिका साम्राज्ञीले पहिको पटक कमेडी बेसको चलचित्रमा काम गर्ने अवसर पाउनुको साथै चलचित्रपनि राम्रो बनेको बताएकी हुन् ।

साम्राज्ञीले आफुलाई फरक कथाको चलचित्रमा अभिनय नगरेको भन्ने भनाईलाई ‘ह्यारीकी प्यारी’ चलचित्रले निस्तेज पार्ने बताउँछिन् ।

डा. कपिल रिजालद्वारा निर्देशित चलचित्र  ‘ह्यारी कि प्यारी’ यहि माघ २० गतेदेखी प्रर्दशनमा आउने चलचित्र टोलीले जानकारी दिए ।

निर्देशक रिजालका अनुसार चलचित्र क्षेत्रमा आफनो पहिलो प्रयासलाई दर्शकहरुले भित्री मनदेखि रुचाउने कुरामा विश्वस्त रहेको बताए ।

पत्रकार सम्मेलनमा कलाकार जितु नेपालले चलचित्र  ‘ह्यारी कि प्यारी’ मा आफुले अभिनय गरेका चलचित्र भन्दा फरक विषयवस्तु चलचित्रमा रहेको बताए । यस चलचित्रमा आफु मुख्य भुमिकामा रहेको बताउँदै चलचित्रमा ‘ह्यारी’ को भुमिकामा देखिने उनको भनाइ छ ।

त्यसैगरी चलचित्रका अर्का कलाकार बिजय बरालले जितु र आफु काका भतिजको भुमिकामा रहेकोले हाम्रो जोडीलाई दर्शकहरुले मन पराउनेमा बिश्वस्त रहेको बताउँछन् ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपिल खड्का, संस्थापक अध्यक्ष तथा प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’, नेपाल पत्रकार महासंघका बागमती प्रदेश महासचिव कृष्ण सारु मगर मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

Pop Up WordPress Plugin