माघ २० गते हेटौंडमा बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुँदैछः वडा अध्यक्ष सिग्देल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयद्वारा बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

मंगलबार वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष नविन सिग्देलले शिक्षालाई अब प्रतिस्पर्धातमक बनाउनेगरी गुणस्तर सुधारको काममा लागिएको बताए। कार्यक्रममा १० हजार जनाले अवलोकन गर्ने अपेक्षा उनले राखेका छन् ।

शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा यही माघ २० गते हेटौंडाको रोयल पार्टी प्यालेसमा प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुन लागिएको हो ।

बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमका संयोजक श्रीराम दाहालका अनुसार पार्टी प्यालेसको हलभित्र सांस्कृतिक कार्याक्रम र हल बाहिर २६ वटा स्टल राखी प्रदर्शनी कार्यक्रम गरिने छ । ४ नम्बर वडाका निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागितामा कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक दाहालले बताए।

यस्तो लेखिएको छ वृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमबारे प्रेस विज्ञप्तिमा :-