बागमतीमा २ वटा प्रतिस्थापन विधेयक पारित

हेटौँडा ।  बागमती प्रदेशमा २ वटा प्रतिस्थापन विधेयक पारित भएको छ ।

आइतबार बसेको प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७९ पारित गरिएको हो ।

उक्त विधेयकहरूको विषयमा दफावार छलफल भएपछि विधेयक व्यवस्थापन समितिले छलफलको प्रतिवेदन प्रदेशसभामा पेस गरेको थियो ।

साथै प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको छ ।

Pop Up WordPress Plugin