दियालो साकोसमा बर्तौलाको नेतृत्व

हेटौंडा/ हेटौँडा-३, नेवारपानी स्थित दियालो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दिपक बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको सातौं बार्षिक साधारणसभाबाट बर्तौलाको नेतृत्वमा ६ सदस्यीय कार्यसमिति गठन भएको छ । संस्थाको उपाध्यक्षमा भवानी बस्ताकोटी, सचिवमा दिपक शिवाकोटी, कोषाध्यक्षमा पशुपति नहर्की, कार्यसमिति सदस्यहरुमा अनिल पाठक, सुस्मा दुलाल र दल बहादुर थापा मगर चयन भएका छन । त्यस्तै पुरुषोतम न्यौजानेको संयोजकत्वमा सरिता शाही र देवि कुमारी थिङ सदस्य रहने गरि लेखा समिति, दलबहादुर थापाको संयोजकत्वमा शिक्षा उपसमिति र पशुपति नहर्कीको संयोजकत्वमा ऋण उपसमिति समेत गठन गरिएको छ ।
संस्थाको अध्यक्ष शिवराज बर्तौलाको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिव बिरेन्द्र ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम कुमार पुडासैनीको विशिष्ट आतिथ्यता रहेको थियो भने मनकामनामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिवंश भेटवाल, परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सविना बिडारी, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सान्नाटार शाखाका राजु घले, दिपज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राजदेबि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, साना किसान सहकारी संस्थाका प्रतिनिधिहरु, स्थानिय विधालयका प्रतिनिधी, आमा समुह, प्रहरी चौकिका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
संस्थाले निवर्तमान अध्यक्ष बर्तौलालाई बरिष्ठ सल्लाहाकारमा चयन गर्नुका साथै ज्येष्ठ नागरिक शेयर सदस्य मिठुमाया थापा मगर, एकल महिला शेयर सदस्य गिता श्रेष्ठ र देब कुमारी लामा, उत्कृष्ट ऋणी सृजना भ्लोन, उत्कृष्ट बचतकर्ता सुनिता पाठक र सन्त बहादुर नेपाल साथै सहकारीद्वारा संचालित दुग्ध केन्द्रमा अधिकतम् दुध बिक्री गर्ने दिलसरा डाँगीलाई सम्मान गरेका थिए । हाल संस्थामा ६ सय ३१ जना सदस्य आबद्ध रहेका छन् ।दिप

Leave a Reply

Your email address will not be published. Required fields are marked *