हेटौंडा । शालिकराम जम्मकट्टेल नेतृत्व बागमती प्रदेश सरकारमा कांग्रेसका २ सांसदले मन्त्रीको सपथ लिएका छन् ।
कांग्रेसको तर्फबाट बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामाले आर्थिक मामिला तथा योजना मन्त्री तथा कांग्रेस काभ्रे जिल्ला सभापतिसमेत रहेका प्रदेशसभा सदस्य तीर्थ लामाले खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रीको सपथ लिएका हुन् ।
आइतबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराइएको छ ।
कांग्रेस सरकारमा सहभागी भएसँगै बागमती प्रदेशमा अझै ५ मन्त्रालय मन्त्री विहिनै छ ।