मिडिया हवलाई भ्यूवर्स बढाउन पुरानो भिडियोको सहायता

नेपालगन्ज : थुप्रै कलाकारलाई स्थापित गरेको मिडिया हवले युटुव भ्यूवर्सका लागी ध्यान दिन थालेको छ । मिडिया हवले उत्पादन गर्ने हास्य टेलिफिल्म पनि टिभि भन्दा युटुवका लागी बनाउने खालका सामाग्री बढि प्रस्तुत गर्न लागेको भ्यूवर्सहरु बताउछन ।

मिडिया हवले अहिले पनि ४,५ वटा हास्य टेलिफिल्म निर्माण गरिरहेको छ । नयाँ निर्माण गरिरहेका टेलिफिल्मले खासै चर्चा लिन नसकेपछि मिडिया हवले पुराना सामाग्रीहरुलाई पनि घुमाइफिराई आफ्नो अफिसियल युटुव च्यानलमा प्रशारण गरिरहेको देखिन्छ । मिडिया हव छोडेर धेरै चर्चित कलाकारहरुले आफ्नै युटुव च्यानल खोलेर आफ्ना उत्पादित सामाग्री हालिरहेका छन ।

मिडिया हवले हालेको भिडियो भन्दा भर्खर स्थापना भएका चर्चामा रहेका कलाकारका भिडियोले बढि जनताको मन जितेका छन । भ्यूवर्स पनि नयाँ च्यानलहरुमा धेरै देखिदै आएको छ । कतिले मिडिया हवसगंको कुरा नमिलेपछि आफ्नै काम गर्न नयाँ च्यानल खोलेर हास्य टेलिफिल्म निर्माण गरिरहेका छन ।

अहिले मिडिया हवले केहि पुराना र नयाँ कलाकारलाई लिएर अहिले टेलिफिल्म निर्माण गरेपनि भनेजस्तो चर्चा पाउन सकेको छैन । लगानि मिडियाहवको उतिकै भैरहेको छ । पहिले एक दिनमै १० लाख सम्म भ्यूवर्सले हेर्ने टेलिफिल्मलाई अहिले ४ देखि ५ लाख सम्म हेर्ने गरेको देखिन्छ । च्यानलमा देखाइने सामाग्री दर्शकले हेर्न लायक बनाउन चर्चामा रहेको कलाकार र विषयबस्तुमा भरपर्ने भएकाले यस तर्फ मिडिया हाउसले विषेश ध्यान दिन आवश्यक रहेको कला विश्लेसकहरु बताउछन ।

मिडिया हवले च्यानलमा भ्यूवर्स बढाइराख्न नयाँ जुक्ती पनि अपनाउदै आएको छ, त्यो के हो भने पुराना चर्चित टेलिफिल्मका मुख्य भिडियोहरु च्यानलमा राख्ने । यसो गर्दा चर्चामा रहेका पुराना कलाकारलाई आफ्नो च्यानलमा रहिरहेको जस्तो देखाउने चतुराई मिडियाहवले गरेको छ । पुराना भिडियो देखाएर भ्यूवर्स बटुल्दै डलर कमाउने गरेको मिडिया हवको क्रियाकलाप प्रति भने कलाकारहरु सन्तुष्ट छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *