गणतन्त्र दिवसमा अखिल (क्रान्तिकारी)को दीप प्रज्वलन

हेटौंडा | अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाई समितीद्वारा दीप प्रज्वलन गरिएको छ ।

सोमबार राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा अखिल (क्रान्तिकारी)ले मकवानपुर बहुमुखी क्याम्पसको गेट अगाडी दीप प्रज्वलन गरेको हो ।

अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष छोइसाङ लामा स्याङ्तानको सभाध्यक्षता तथा जिल्ला अध्यक्ष श्रवण बर्तौलाको प्रमुख आतिथ्यता रहेको दीप प्रज्वलन कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सदस्य राहुल डिमडुङ, आयुषा तिमल्सिना, सुजन सिलवाल र अखिल क्रान्तिकारीका विद्यार्थी नेता लगायतको सहभागिता रहेको थियो ।